News Portal

प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा आर्मीको विजयी

रातोपोस्ट संवाददाता
४८० पटक

काठमाडाैँ, २६ चैत्र । त्रिभुवन आर्मी क्लवले प्रो क्लब च्याम्पियनसिप एपीएफमाथि सान्दार जित निकालेको छ । आर्मीले एपिएफलाई ५१ रनले पराजित गरेको हो । भैरहवाको सिद्धार्थनगर रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो ।

आर्मीका लागि रोहित पौडलेले अर्धशतकीय पारि खेल्दा भिम सार्की २२ तथा विनोद भण्डारी १९ रनमा आउट भएका थिए । रोहितले ५७ बल खेल्दा ९ चौका र १ छक्काको मद्दतले ८० रनको सानदार नटआउट पारि खेले । यसैगरी सन्तोष कार्की ७ रनमा आउट हुँदा राजेश पुलामीले २ रन जोडे । हरि चौहान र कुशल मल्लले खाता नै खोल्न सकेनन् ।

एपीएफका किशोर महतो र भुवना कार्कीले दुई दुई विकेट लिँदा नन्दन यादव र अमर रौटेलाले एक एक विकेट लिए । १४० रनको लक्ष्य पछ्याएको एपिएफ ८८ रनमा समेटिन पुग्यो । एपिएफका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके ।

रित गौतम १२ कप्तान प्रदिप ऐरी ३१ तथा सुमित मर्हजन १२ रन जोड्दा बाँकी खेलाडी सस्तैमा आउट भए । आर्मीका लागि सोमपाल कामीले ४ तथा साहव आलम, कुशल मल्ल र विक्रम शोवले दुई दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस्