News Portal

आज रसोइ झापा सुपर लिगमा दुई खेल हुँदै

रातोपोस्ट संवाददाता
५५० पटक

झापा, ५ बैशाख । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा विराट वरियर्स र धुलाबारी टाइगर भिड्दै छन् ।

त्यस्तै आज नै हुने दोस्रो खेल बोष्टर्न ब्लाष्टर र सनराइज काँकरभिट्टा बीच हुने आयोजक समितिका अध्यक्ष हिमाल बिकेले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ३ हजार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्