News Portal

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँमा

रातोपोस्ट संवाददाता
९८४ पटक

काठमाडौँ,१९ बैसाख । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् ।

गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् ।

उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्