News Portal

मालेका उपमेयरका उम्मेदवार काँग्रेसमा प्रवेश

रातोपोस्ट संवाददाता
४५८ पटक

काठमाडाैँ, २६ बैसाख । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा मालेबाट उपमेयर पदको उम्मेदवार काँग्रेसमा प्रवेश गरेका छन् । उपमेयरका उम्मेदवार शिव प्रसाद लम्साल काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रवेश गराएका हुन् ।

लम्साल आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन गर्ने घोषणासहित पार्टी प्रवेश गरेको पौडेलले रातोपाटीलाई जानकारी दिए । आजै काँग्रेसले शुक्लागण्डकी वडा नम्बर ९ मा चुनावी सभा गरेको थियो । सो सभालाई नेता पौडेललगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्