News Portal

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

रातोपोस्ट संवाददाता
६६९ पटक

एजेन्सी, ३० बैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) का शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।

‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ ।

सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।

प्रतिकृया दिनुहोस्