News Portal

भद्रपुर १ मा एमालेको प्यानल नै विजयी

रातोपोस्ट संवाददाता
४२० पटक

झापा, ३१ बैशाख । झापाको भद्रपुर-१ मा वडा अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् ।

वडाध्यक्षमा रामप्रसाद अधिकारी विजयी बने । उनले ९ सय ३७ मत ल्याएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद शिवाकोटीले ५ सय ७७ मत पाए । उनी माओवादीका उम्मेदवार थिए । राप्रपाका दलबहादुर लिम्वू ६ सय ५८ मत ल्याए ।

वडासदस्यमा टिकाप्रसाद भण्डारी र दिलबहादुर लिम्बू, महिला सदस्यमा सीताकुमारी गुरुङ र दलित महिला सदस्यमा अम्बिका विश्वकर्मा विजयी भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्