News Portal

मेचीनगर मतगणना : अग्रता बढाउदै एमाले

नवराज सुवेदी
४७९ पटक

झापा, १ जेठ । मेचीनगरमा जारी मतगणनामा नेकपा एमालेले अग्रता बढाइरहेको छ । भरखरै प्राप्त जानकारी अनुसार एमालेले मेयर, उपमेयर र वडाअध्यक्ष पद सबैमा अग्रता लिएको हो ।

अहिलेसम्म ५७८ मत गणना हुँदा एमालेले प्रमुख पदमा २४५ मत प्राप्त गरेको छ भने गठबन्धनले प्रमुख पदमा २२५ मत प्राप्त गरेको छ । त्यसैगरी उपप्रमुखमा एमालेले २४६ मत ल्याउदा गठबन्धनले ११६ मत मात्रै प्राप्त गरेको छ ।

वडाअध्यक्षमा पनि एमालेको नै अग्रता छ । जसमा एमालेले २४३ मत ल्याउदा गठबन्धनले २३५ मत ल्याएको छ । जसअन्तर्गत प्राप्त नतिजा अनुसार एमालेले अग्रता बढाएको छ ।

प्रतिकृया दिनुहोस्