News Portal

ट्रकको ठक्करबाट बिर्तामोडमा एक ब्यक्तिको मृत्यु

रातोपोस्ट संवाददाता
२९५ पटक

झापा, ५ बैशाख । झापाको बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो ।प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको बिर्तासिटी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्