News Portal

  • सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

    रातोपोस्ट संवाददाता
    ५३ पटक

    काठमाडौँ, १० जेठ । ‘दबंग टुर रिलोडेड’ कार्यक्रमका लागि नेपाल आउने भनिएका बलिउड अभिनेता सलमान खान नआउने भएका छन्। योसँगै आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम पनि स्थगित भएको छ।

    ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको कार्यक्रम अन्तिम समयमा आएर रोकिएको हो। सलमानसँग सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतका भारतीय कलाकार नेपाल आउने कार्यक्रम थियो। सलमान र नेपाल आउने भनिएका कलाकारको माग पूरा गर्न नसक्ने देखिएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको आयोजक टोलीले जनाएको छ।

    आयोजकका अनुसार जेठ १४ मा हुने भनिएको कार्यक्रम स्थगित नै भएको र अर्को कुनै दिन कार्यक्रमको आयोजना हुने संभावना रहेको पनि आयोजकले जनाएको छ। कार्यक्रमका लागि ५ देखि २५ हजार सम्मको टिकट बिक्री भइरहेको थियो। यसअघि पनि कार्यक्रमको टिकट काटिसकेपछि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)