News Portal

राप्रपाको वडा अध्यक्षमा नारायण चयन

रातोपोस्ट संवाददाता
५६६ पटक

झापा, २२ जेठ । झापाकाे मेचीनगर- ९ मा राप्रपा वडा समितिले पुर्णता पाएकाे छ । मेचीनगर स्थित धुलाबारीमा बसेकाे वडा समितिकाे बैठकले समितिलाई पुर्णता दिएकाे हाे । बैठकले अध्यक्ष नारायण प्रसाद कोईरालाकाे अध्यक्षतामा १८ सदस्यीय वडा समिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा नारायण कटेल, सन्तोष भट्टराई र दिपक ढकाल चयन भएका छन् । बैठकले वडाकाे सचिवमा हरीप्रसाद चापागाई, कोषाध्यक्षमा बुद्धि बहादुर श्रेष्ठलाई चयन गरेकाे हाे । त्यसैगरी सदस्यहरुमा रमिता सुनदास, विरु लामा, बिष्णु कुमार दर्जी र तिलक मेचेलाई चयन गरेकाे छ । त्यसैगरी अन्य सदस्यहरुमा पुर्ण बहादुर राई, उमाकान्त फुयल, सोमनाथ लुईटेल, पुर्णपाल राई, मुना ढकाल र लेखनाथ निरौला चयन भएका छन् । राप्रपा मेचीनगरका अध्यक्ष सबिना बजगाईकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएकाे थियाे । बैठकमा विभिन्न पार्टीबाट ११ जना नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए । बैठकमा जिल्ला सदस्य अस्मिता खरेल, जिल्ला सदस्य सुनिता शर्मा, बिश्वराज पोखरेल(मामा), नगर सदस्य गंगा खरेलकाे उपस्थित रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्