News Portal

तनहुँको आँबुखैरेनीमा सडक भास्सियो : पृथ्वीराजमार्ग अवरुद्ध

रातोपोस्ट संवाददाता
४०० पटक

तनहुँ, २७ जेठ । पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनीखण्डमा सडक भास्सिएको छ। सडक भास्सिंदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामसाइडमा सडक भाँसिदा पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । करिब २० मिटर सडक भासिएकाे छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण सडक भासिँदा शुक्रबार बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।सडक मर्मत गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए।

प्रतिकृया दिनुहोस्