News Portal

हिँडिरहेकी युवतीलाई जबरजस्ती करणी गर्न खाेजेकाे आराेपमा एक युवा पक्राउ

रातोपोस्ट संवाददाता
३७६ पटक

नुवाकाेट, २८ जेठ । बाटाेमा हिँडिरहेकी युवतीलाई समाई जबरजस्ती करणी गर्न खाेजेकाे आराेपमा एक व्यक्त्ति पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ का २० वर्षीय सुमन खत्रीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

खत्रीले एक २२ वर्षीया युवतीलाई करणीकाे प्रयास गरेका थिए । अघिल्लाे शुक्रबार बाटाेमा हिँडिरहेकाे बेला करणीकाे प्रयास गरेकाे जाहेरी प्रहरी कार्यालयमा परेपछि उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटका डिएसपी रुपक खड्काले जानकारी दिए । पीडितले साेमबार जाहेरी दिएकी थिइन् ।

किटानी जाहेरी दिएको आधारमा प्रतिवादीलाई खोजतलास गर्दै जाने क्रममा पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको डिएसपी खड्काले बताए ।

प्रतिकृया दिनुहोस्