News Portal

झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ

रातोपोस्ट संवाददाता
३४३ पटक

काठमाडाैँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् । आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको बताएका हुन् ।

मंगलबार आयोजित कार्यक्रममा लामिछानेले भने, ‘मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ । म डराएको होइन । तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ । हामीलाई हार्ने सुविधा छैन । राजनीति पत्रकारिता जस्तो छैन । यसलाई राजनीति जसरी नै गर्नुपर्छ । जहाँबाट तपाईंहरूको प्रतिक्रिया आउँछ त्यहाँबाट चुनाव लड्छु ।’ उनले यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए ।

प्रतिकृया दिनुहोस्