News Portal

१० वर्षे माओवादी युद्धको औचित्य पुष्टि भएन : ओली

रातोपोस्ट संवाददाता
२९७ पटक

काठमाडौँ, ७ असार ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए ।

‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? के प्राप्तिका लागि भन्ने अझै टुंगोमा पुगेको छैन,’ ओलीले भने, ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई नटुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’

पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भए पनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको भन्दै उनले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूलपरिवर्तन गर्न सकिने बताए ।

प्रतिकृया दिनुहोस्