News Portal

नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक

रातोपोस्ट संवाददाता
३१८ पटक

भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक परेको छ । बिजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिए ।रामेछाप ठोसेमा जन्मिएकी ६२ वर्षीया प्रधान क्यान्सरबाट पीडित थिइन् । नेता बिजुक्छेंसँग प्रधानको २०४० मंसिर ११ गते विवाह भएको थियो । उनीहरुको सुवेग र सुवान गरी दुई छोरा छन् । शिक्षण पेशामा आवद्ध प्रधान नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन् । पहिलोपल्ट क्यान्सरमुक्त भएकी प्रधान क्यान्सर दोहोरिएपछि थलिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्