News Portal

सिद्धदेवी आधारभूत बिद्यालयमा बिहिबार अभिभावकहरुले लगाए ताला

रातोपोस्ट संवाददाता
२६९ पटक

फिदिम,१० असार । पाँचथरको फिदिम नगरपालिका १० थाङनापामा सञ्चालित सिद्धदेवी आधारभूत बिद्यालयमा बिहिबार अभिभावकहरुले ताला लगाएका छन् ।बि.स २०४५ सालमा स्थापन भएको बिद्यालय कक्षा ८ सम्मन सन्चालन हुदौ आएको छ ।

प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले बिद्यालयको शैक्षिक वातावरण बिगारेको भन्दै अभिभावकहले बिद्यालय प्रशासनमा ताला लगाईदिएका हुन् । थाम्सुहाङले राजनीतिक शक्तिको आडमा विद्यालयमा आर्थिक अनियमिततासँगै मनपरि ढंगमा बिद्यालय प्रशासन चलाएको अभिभावकको आरोप छ ।

बिद्यालयको रित्त दरबन्दिमा सरुवा आएकी शिक्षिका रीता तुम्बापोलाई समेत हाजिर हुन नदिएर थाम्सुहाङले बिद्यालयको शैक्षिक बातावरण बिगारेको स्थानीयको भनाई छ ।प्रअ थाम्सुहाङले भने प्रकृया नपु¥याई सरुवा आएकाले हाजिर हुन नदिएको बताएका छन् । शिक्षिका तुम्बापोलाई कुनै पनि हालतमा हाजिर हुन नदिने थाम्सुहाङको अडान छ । सरुवा आएकी शिक्षिकालाई हाजिर गराउनुको सट्टा बिद्यालयको दरबन्दि नै हटाउनुपर्ने थाम्सुहाङको तर्क छ ।

प्रतिकृया दिनुहोस्