News Portal

इलामबाट झापा आउँदै गरेको बोलेरो गाडी दुर्घटना, तीन जनाको मृत्यु

रातोपोस्ट संवाददाता
२४७ पटक

इलाम, १२ असार । इलामको माङसेबुङ गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माङसेबुङ २ दहगाँउस्थित भित्री सडक खण्डमा गाडी दुर्घटनामा परी पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदम कुमारी लावती र इलाम माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय प्रकाश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार

आइतबार दिउसो १२ बजे पाँचथरको रविबाट झापाको दमक तर्फ जाँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी २०० मिटर तल खस्दा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते पदम कुमारीलाई उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको छ । यता बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्