News Portal

काँकरभिट्टामा सिटी ई-रिक्सामा आएकाे समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम

रातोपोस्ट संवाददाता
२८३ पटक

झापा, १२ असार । झापाको मेचीनगर नगरपालिका क्षेत्रभित्र सिटी ई-रिक्सा सञ्चालनमा आएकाे समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर टेम्पो ई-रिक्सा एण्ड अटो यातायात प्रालिद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कोइराला, विशिष्ट अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी ज्ञानकुमार महतोलगायतले मन्तव्य राखेका थिए ।

आयोजक मेचीनगर टेम्पो ई-रिक्सा एण्ड अटो यातायात प्रालिका अध्यक्ष गणेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर क्षेत्रभित्रका सयौं सिटी ई-रिक्सा चालकहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्वागत संस्थाका दुर्घटना विभाग सचिव हंसबहादुर साम्सुहाङ (विवेक) ले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्