News Portal

झापाकाे अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला

रातोपोस्ट संवाददाता
२८४ पटक

झापा, १३ असार । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ ।

प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो । आइतबार बेलुकी शव फेला परेको थियो । ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो । ‘शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ । टाउकोमा गम्भीर चोट लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकृतले भने । करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन । शवलाई धरान लगिएको छ ।

प्रतिकृया दिनुहोस्