News Portal

झापामा भारी वर्षा: तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रातोपोस्ट संवाददाता
२३६ पटक

झापा, १४ असार । झापामा आज भारी वर्षा भइरहेको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ७ घण्टामा झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । साथै थप वर्षा हुने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले मेची, बिरिङ, निन्दा र आसपासका साना नदीमा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्