News Portal

  • डुबेर तीन जना बालबालिकाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७७ पटक

    काठमाडौं, १४ असार । सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका–५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु भएको हो । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कैलालीको लम्की चुहा नगरपालिका–८ मलभङ्गा बस्ने लाल बहादुर बिष्टकी छोरी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुवँरकी छोरी ६ वर्षीया भावना कुवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ ।

    सोही ठाउँस्थित बडिमालिका इँटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर डुबेको अवस्थामा उनीहरु भेटिएका थिए । उद्दार गरी उपचारको लागि खापर हेल्थ क्लिनिकमा लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)