News Portal

स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु, तीन जना घाइते

रातोपोस्ट संवाददाता
३४१ पटक

माेरङ, १५ असार । मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । रगेली नगरपालिका ७ स्थित भित्री सडक खण्डमा मङ्गलवार करिब ४ बजे को १ क ११३० नम्बरको मकालु बोर्डिङ स्कुल बसले विद्यार्थीहरूलाई लिएर बाहिर निस्किने क्रममा ठक्कर दिँदा रङ्गेली ७ का महादेव मण्डलका ३ वर्षीय छोरा रितिक मण्डलको मृत्यु भएको छ । घाइते उनलाई उपचारका लागि टाईम्स अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । । दुर्घटनामा नरेश मण्डलकी छोरी ६ वर्षीया सोनम कुमारी मण्डल गम्भीर घाइते भएकी छिन । उनको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

त्यस्तै झापाको बिर्तामोड ६ बुट्टावारिमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–००१क ९०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे ८प ८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक इलाम जिल्ला सूर्योदय नगरपालिका ५ का ३० वर्षीय निश्चल प्रधान र सोही ठाउँका २३ वर्षीय उत्तर थापा रहेको प्रहरीले जनाएको छ । चालक प्रधानको टाउको र दाहिने हातखुट्टामा गम्भीर चोट लागेको छ । दुवै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्