News Portal

काँकरभिट्टामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया कार्यक्रम

रातोपोस्ट संवाददाता
२६९ पटक

झापा, १५ असार । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी प्रधान कार्यालय अन्तरगतको मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौँबाट प्राप्त सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्डको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौँका प्रमुख एसपी दानबहादुर मल्लले अवैध हातहतियार, मानव बेचबिखन र लागूऔषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा रहेको बताए । जसमा प्रतिवर्ष १ सय ५० अर्व अमेरिकी डलर बराबरको कारोबार हुने गरेको उनको भनाई छ ।

कार्यक्रमको अध्यक्षता समेत गरेका एसपी मल्लले मानव बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने, २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बच्चाहरु बेचबिखनमा पीडित रहेको जानकारी दिए । जस्मा खासगरी मिर्गौला, कलेजो र रगत शारीरिक अंगहरु तस्करीका लागि बेचबिखन हुने गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महत्तो, माइती नेपाल प्रदेश एकका प्रमुख गोविन्द घिमिरे लगायतले मानव बेचबिखन तथा ओसारपसारका विषयमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्