News Portal

धनगढीस्थित विद्युत् प्राधिकरण वितरण केन्द्र डुबानमा

रातोपोस्ट संवाददाता
२९६ पटक

कैलाली, १६ असार ।मंगलबार रातिदेखि परेको पानीका कारण धनगढीस्थित नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको छ । डुबानका कारण विद्युत सेवा समेत अबरुद्ध भएको छ ।प्राधिकरणका प्रमुख सुर्य नारायण मण्डलले पानी केही कम भए विद्युत सुचारु गर्न सकिने बताउदै पानी बढ्दै गएका सप्लाई दिन समस्या हुने बताए ।

उचित पानी निकास नहुदा बर्सेनि उक्त क्षेत्र डुबानमा पर्दै आइरहेको छ । विद्युत प्राधिकरण संगै बिशालनगर अधिकांस भू-भाग डुबानमा परेका छन् । उक्त क्षेत्रका करिब २ दर्जन बढी घर डुबनमा परेको धनगढी उपमहानगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष राज बहादुर ऐरले बताए ।

उचित ढल निकास नहुनु, खोलानाला अतिक्रमण लगायतका कारण बर्सेनि डुबानको समस्या झेल्दै आइरहेको बताउदै वडा अध्यक्ष ऐरले पानी परिरहेका कारण डुबान अझै बढ्ने बताए ।पानीका कारण विद्युत प्राधिकरणसँगै रहेको प्राधिकरणसंगै रहेको तरकारी हाटबजार र गुणस्तर तथा नापतौल कार्यालय समेत डुबानमा परेको छ ।

प्रतिकृया दिनुहोस्