News Portal

त्रिशूली नदीले बगाउँदा आमा-छोरा बेपत्ता

रातोपोस्ट संवाददाता
२४८ पटक

काठमाडाैँ, १८ असार । नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्। शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएकाे हाे ।

पूर्णलाल श्रेष्ठका ७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो। छोरालाई बगाउँदा उनकी आमा ३२ वर्षीया सन्जिता बचाउन भनेर गएकी थिइन्। तर उनलाई पनि नदीले बगाएको हो।

उनीहरूलाई बगाएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। सशस्त्र प्रहरी बल र विपद व्यवस्थापन नुवाकोट समेतको टोलीले आमा-छोराको खोजी गरिरहेको छ। स्थानीयहरूले पनि उनीहरूको खोजी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्