News Portal

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित हुँदै, एकैदिन तीनवटा बैठक बस्नुपर्ने हतारो किन ?

रातोपोस्ट संवाददाता
२८४ पटक

काठमाडाैँ, १२ श्रावण । प्रतिनिधि सभाबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बिहीवार पारित हुने भएको छ ।नागरिकता विधेयक पारित गर्नकै लागि बिहीवार राष्ट्रिय सभाका तीनवटा बैठक बस्दैछन् ।

दिउँसो २ बजे शुरू भएको तेस्रो बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।छलफल सकिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयकलाई राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने कतिपय बुद्धिजीवी र नागरिक समाजका अगुवाले माग गरेका थिए ।

तर, राष्ट्रिय सभाबाट आज नै विधेयक पारित हुने सम्भावना छ । प्रतिनिधि सभा चुनावको मिति घोषणाअगावै नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने सरकारको योजना रहेको स्रोतले बतायो ।दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पुग्छ । राष्ट्रपतिले लालमोहर लगाएपछि मात्र नागरिकता विधेयक राजपत्रमा प्रकाशित भई कानून बनेर लागू हुनेछ ।

प्रतिकृया दिनुहोस्