News Portal

आजबाट सुरु भयो गुँला पर्व

रातोपोस्ट संवाददाता
२९८ पटक

काठमाडौंँ, १३ श्रावण । आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ।

आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहा: बहीमा पुग्ने गर्छन्। काठमाडौंको स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खल: बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो लागेको छ।

प्रतिकृया दिनुहोस्