News Portal

झापामा लागुऔषधसहित दुईजना पक्राउ

रातोपोस्ट संवाददाता
४४८ पटक

झापा,१३ श्रावण । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

प्रहरीले बुद्धवीरको साथबाट लागुऔषध तथा तीन थान मोबाइलसमेत बरामद गरेको छ ।दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्