News Portal

पत्रकारलाई प्रचण्डकाे आग्रह : माओवादीले गरेका राम्रा कामको प्रचार गरिदिनुहाेस्

रातोपोस्ट संवाददाता
३३४ पटक

काठमाडौँ, १३ श्रावण । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र बनिहाल्ने चर्चा चलेको भन्दै तत्काल समाजवादी केन्द्र बनाउनका लागि छलफल नै नभएको बताएका हुन् । प्रचण्डले गठबन्धनभित्र रहेका बिचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन सकिन्छ कि भन्ने छलफल मात्र भएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले अहिले पनि गठबन्धनको आवश्यकता रहेको भन्दै प्रदेश र संघको निर्वाचन मात्रै नभई आवश्यकता अनुसार शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म र नयाँ परिस्थीति नबनेसम्म गठबन्धन कायमै रहने बताए । उनले स्थानीय निर्वाचनमा गठबन्धनबीच भएको चुनावी तालमेलको अनुभव मिठो नरहेको र प्रदेश र संघको निर्वाचनमा यसअघिको शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्ने विषयमा गठबन्धनबीच छलफल भइरहेको धारणा राखे ।

प्रचण्डले यसअघि राष्ट्रवादी भन्ने दलहरुले नै एसपीपी जस्ता राष्ट्रघाती कामहरु भएको भन्दै एसपीपी खारेज गर्नुपर्छ भने आफूले नै सुरुमा आवाज उठाएको बताए । उनले वर्तमान सरकारले राम्रो काम गरेकै कारण अर्थमन्त्रीलाई बदनाम गर्न खोजिएको समेत उल्लेख गरे ।उनले निर्वाचन नजिकिँदै गएको अवस्थामा सरकार र माओवादीले गरेका राम्रा कामको प्रचार गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्