News Portal

मोबाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

रातोपोस्ट संवाददाता
३७१ पटक

उदयपुर, १७ साउन । मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका- १४ सिन्धुली घर भई कटारी नगरपालिका ६ साथीको घरमा गएका १९ वर्षीय विपिन बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो १ बजे मल्टिप्लकमा मोबाइलमा चार्ज लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बिकलाई उपचारको लागी कटारी अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्