News Portal

प्रेस क्लब मेचीनगरद्वारा दुई पत्रकार सम्मानित

रातोपोस्ट संवाददाता
३१४ पटक

झापा, २१ साउन । झापाकाे मेचीनगरमा रहेकाे प्रेस क्लब मेचीनगरकाे पाँचौ वार्षिक अधिवेशन तथा साधारण सभाले दुई पत्रकारलाई सम्मानित गरेकाे छ । मेचीनगरकाे पाचौं वार्षिक अधिवेशन तथा साधारण सभाले अग्रज पत्रकार पुरस्कार ज्ञानेन्द्र निराैला र युवा पत्रकारीता पुरस्कार युवराज आचार्यलाई प्रदान गरेकाे छ । आज मेचीनगर स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न भएकाे कार्यक्रममा मेचीनगरका नगर प्रमुख गाेपाल चन्द्र बुढाथोकीकाे प्रमुख आतिथ्यमा रहेकाे थियाे । कार्यक्रममा मेचीनगर नगरका उपप्रमुख मिना उप्रेती, मेचीनगर- ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ, अग्रज पत्रकार माेहनकाजी न्याैपाने, सन्ताेस आचार्य, जिएन शर्मा, पर्वत पाेर्तेल, अम्बिका भण्डारी, भुमिका लिम्बूकाे उपस्थित रहेकाे थियाे । साधारण सभाकाे सञ्चालन क्लबका सचिव जिआर धितालले गरेका थिए भने अध्यक्षता क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीकाे रहेकाे थियोे ।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal