News Portal

मेचीनगरमा नेविसंघद्वारा टिकटक प्रतियोगिता

रातोपोस्ट संवाददाता
३४५ पटक

झापा, २३ साउन । धुलावारीमा एसईई उत्तीर्ण विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’ गरेकाे छ ।

नेपाल विद्यार्थी संघ मेचीनगर कमिटीको आयोजनामा सोमबार सम्पन्न खुला टिकटक प्रतियोगितामा सय बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजक कमिटीका सदस्य सृजित जंग ढुंगानाले जानकारी दिए । धुलावारीस्थित पासांग ल्हामू स्मृती प्रतिष्ठानमा आयोजित प्रतियोेगिताकोे नतिजा साउन २७ गते बेलुकी ४ बजे प्रकाशन गरिने आयोजकले बताएको छ ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा आमन्त्रित कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए । सोही अवसरमा एसईई ग्रेड वृद्धिमा सहभागी बन्ने विद्यार्थीहरुका निमित्त निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिने समेत घोषणा गरिएको थियो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्बाङ बधाई ज्ञापन तथा सम्मान गरिएको थियो । रोशन खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रनित पुडासैनी र साक्षी ओझाले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्