News Portal

  • पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ४१३ पटक

    एजेन्सी, २५ साउन । पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।

    पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तैयारी भइरहेको छ।

    उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले जनाएको छ ।

    ‘राजवंशीको निध​न​को खबरले हामीलाई दुखित तुल्याएको छ। यस दुःखद घडीमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त​ गर्दछौँ,’ एनआरएनए एक विज्ञप्ति जारी गर्दै भनेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)