News Portal

जोरसिमल चेकपोष्ट हटाउन अदालतको आदेश

रातोपोस्ट संवाददाता
३०७ पटक

झापा, २६ साउन । पूर्वपश्चिम राजमार्गको मेचीननगर नगरपालिकास्थित जोरसिमलमा राखिएको चेक पोइन्ट हटाउन उच्च अदालत इलामले आदेश गरेको छ ।

प्रेमराज कार्की र लोहिचन्द्र शाहको संयुक्त इजलासले आज भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी चेक पोइन्ट स्थापना गर्न नदिनु र महेन्द्र राजमार्गको जोर सिमलमा राखिएको चेक पोइन्ट हटाउन आदेश दिएको हो ।

सर्वसाधारणलाई जाँचका नाउमा दु:ख हैरानी हुने कार्य नगर्नु नगराउनु, निर्वाद रुपमा सार्वजनिक आवागमन गर्न दिनु तथा कानुन विपरित हुने कुनै कार्य नगर्नु भनी विपक्षीहरुका नाउँमा यस अदालतले साउन १९ गते जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै आदेश गरेको हो ।

पेशीमा निवेदकको तर्फबाट अधिवक्ताद्वय अशोककुमार पोखरेल र सुरज खत्री तथा विपक्षीहरुका तर्फबाट उच्च सरकारी वकिल कार्यालय इलामका न्यायधिवक्ता तेजबहादुर सिञ्जाली मगरले बसह गरेका थिए ।

प्रतिकृया दिनुहोस्