News Portal

काँकडभिट्टामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

रातोपोस्ट संवाददाता
२९१ पटक

झापा, २६ साउन । झापाकाे काँकडभिट्टामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी ४० वर्षीय चेतनाथ फुयाँल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर- ६ स्थित ट्राफिक पोस्ट नजिक पूर्वबाट पश्चिमतर्फ पार्किङको लागि लाँदै गरेको बागमती प्र-०३-००१ ख १६०२ नम्बरको बसले बाटो क्रस गर्दै गरेको पैदल यात्री फुयाँललाई बिहीबार बिहान ९ बजेर ४५ मिनेटमा ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते फुयाँललाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचार क्रममा दिउँसो २ बजे मृत्यु भएको डीएसपी पाठकले बताए।

यता बस र बसको चालक गौरीगन्ज गाउँपालिका- ४ निवासी २४ वर्षीय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्