News Portal

निहारिकालाई भेटेर कानूनमन्त्रीले गरे अनशन तोड्न आग्रह, डीएनए टेस्ट गराउने आश्वासन

रातोपोस्ट संवाददाता
३४८ पटक

काठमाडौं, ३० श्रावण । ११ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई कानूनमन्त्री गोविन्द बन्दीले भेटेका छन् । आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगेर उनले अनशन तोड्न आग्रह गरे ।

मन्त्री बन्दीले निहारिकाका मागहरुमा सरकार संवेदनशील रहेको बताएका थिए । उनले बच्चा र आरोपीको डीएनए टेस्ट गराउनका निम्ति आवश्यक पहल गर्ने बताए । मन्त्री बन्दीले ८ गते जनकपुर उच्च अदालतमा हुने पेसीमा डीएनए टेस्टको आदेश हुने विश्वास दिलाउँदै अहिले अनशन तोड्न आग्रह गरेका थिए ।

‘डीएनए टेस्ट लगायतका माग पूरा गर्न सकिने आश्वासन दिनुभएको छ,’ भेटपछि निहारिकाले भनिन् । आफूले माग पूरा भइसकेपछि मात्रै अनशन तोड्ने जानकारी दिइन् । पहिले सरकारसँग गरेका सम्झौता कार्यान्वयन नभएको विषयमा उनले ध्यानाकर्षण गराएकी थिइन् ।म डीएनए टेस्ट गरेर रिपोर्ट नआएसम्म अनशन तोड्दिन,’ उनले भनिन्, ‘यही कुरा मन्त्रीज्यूलाई अवगत गराएको छु ।’

प्रतिकृया दिनुहोस्