News Portal

धरानका मेयर हर्क साम्पाङले भेटे अर्थमन्त्री शर्मालाई

रातोपोस्ट संवाददाता
२३५ पटक

काठमाडौं, ३१ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।मेयर साम्पाङले भने, ‘तपाईंहरु हाम्रो अविभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला ।’

भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताए । आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने आश्वासन मन्त्री शर्माले दिए ।

अर्थमन्त्री शर्माले खानेपानीको समस्या समाधान गर्न मेयर साम्पाङ र उनको टिमले गरेको जनपरिचालनको प्रशंसा समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)