News Portal

गठबन्धन कार्यदलको बैठक : दलहरूले आ-आफनो सिटमा दावी

रातोपोस्ट संवाददाता
३९१ पटक

काठमाडौं, ९ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमार्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । यद्यपि दलहरुबीच यसबारे थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइनेछ । यस्तै आजको बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ । त्यसका लागि भोलि पुनः बैठक बसेर ड्राफ्ट तय गरिने पुरीको भनाइ छ ।

कार्यदलको बैठकमा नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्