News Portal

बालेनमाथि खनिए महेश बस्नेत, भन्छन्- मेरो घरको नक्सा हेर्न मन भए काजमा सूर्यविनायक आउनुहोला

रातोपोस्ट संवाददाता
३३२ पटक

काठमाडौं, १० भदौ । नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) माथि खनिएका छन् । फेसबुकमा लामो पोष्ट गर्दै नेता बस्नेत बालेनमाथि खनिएका हुन् ।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए ।

‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।

बस्नेताले २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् । एउटा फेसबुक एकाउन्टबाट गरिएको कमेन्टलाई लिएर बस्नेत बालेनमाथि खनिएका हुन् ।

प्रतिकृया दिनुहोस्