News Portal

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
३४४ पटक

काठमाडौं, २४ भदौ । साफ यु-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको हो।

नेपालका लागि सरोज दर्लामीले ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेट र सुवास बमले ६८ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । यससँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिकृया दिनुहोस्