News Portal

माओवादीका युद्धकालीन सेक्रेटरी प्रतापद्वारा आत्महत्या

रातोपोस्ट संवाददाता
९३५ पटक

काठमाडौं, २६ भदौ । अनेक सपना देखाएर सोझासाझा नेपालीलाई युद्धमा होमाएर हत्याहिंसा मच्चाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला सत्ता स्वार्थको दौडमा छन् । विचार सिद्धान्त नमिल्ने नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रचण्ड सत्ताको स्वाद लिइरहेका छन् ।

प्रचण्ड काठमाडौंको विलासितामा रमाइरहेका बेला उनकै बहकाउमा युद्धमा होमिएका कमाण्डरहरू वाक्क भई आत्महत्याको बाटो रोज्न थालेका छन् । लमजुङका पुराना माओवादी नेता देवेन्द्र पौडेल ‘प्रताप’ले आत्महत्याको बाटो रोजेका छन् ।

युद्धकालमा जिल्ला सेक्रेटरी भएर नेतृत्व हाँकेका प्रतापले आत्महत्या गरेपछि यतिबेला माओवादीका स्थानीय नेता, कार्यकर्ता चिन्तित बनेका छन् । प्रताप ज्यानको बाजी लगाएर युद्धमा हिँडेका थिए, उनले व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाएका थिए ।

अन्तरजातीय विवाह गरेका थिए तर प्रचण्डको नेतृत्वमा माओवादी पार्टी हतियार बिसाएर खुला राजनीतिमा आएपछि उनी विरक्तिएर पार्टी नै छोडेर बसेका थिए । युद्धका कमाण्डर प्रचण्ड काठमाडौंमा विपक्षीसँग रमाइरहेका बेला प्रतापलाई द्वन्द्वकालको घटनामा व्यक्ति हत्या आरोपमा मुद्दा लगाइएको थियो । उनका दाइलाई पनि द्वन्द्वकालको मुद्धामा गत वैशाखमा जेल हालिएको छ ।

पछिल्लो समय पार्टी बिग्रिएको, पारिवारिक अवस्था र गरीबीले प्रताप चिन्तित थिए । उनी अप्ठ्यारोमा पर्दा पार्टीले समेत हेरेको थिएन । अन्तरजातीय बिहे गरेकाले समाजले पनि बहिष्कार गरेको थियो ।

लमजुङ जीताको पुख्र्यौली सम्पत्ति पार्टीलाई बुझाएकाले उनको सम्पत्ति पनि थिएन । केही समययता ललितपुरमा बस्दै आएका पौडेलले शुक्रबार राति ललितपुरमै आत्महत्या गरेका हुन् । दैनिक नेपालबाट

प्रतिकृया दिनुहोस्