News Portal

भीमफेदी दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे,२ जनाको सनाखत

रातोपोस्ट संवाददाता
२४२ पटक

हेटाैँडा,६ असोज ।मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएकाे थियाे, जहाँ ६ जनाको घटनास्थलमा तत्कालै मृत्यु भएकाे थियाे ।

एकजनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । काठमाडाैँबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेकाे थियाे । मृतकमध्ये २ जनाको सनाखत भएकाे छ भने घाइतेहरूको हेटौँडामै उपचार भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस्