News Portal

सरकार र डा केसीबीच सहमति

रातोपोस्ट संवाददाता
२५१ पटक

काठमाडौं, ८ असोज । विभिन्न ७ बुँदे माग राखी आमरण अनशनमा बसेका ड गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको हो । सहमति भएसँगै डा केसीले अनशन तोड्ने भएका छन् ।

कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए । वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन भएका थिए ।

अहिले दुवै वार्ता टोली शिक्षण अस्पताल पुगेका छन् । डा केसीको तर्फबाट वार्तामा बसेका प्रीतम सुवेदीले भने, ‘सहमति भएको छ । अहिले टिचिङ हस्पिटलमा छौँ । डा केसीले ७ः३० बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । ७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए । स्वास्थ्य स्थिति जटिल भएपछि बुधबार उनलाई त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । उनको यो २० औँ अनशन हो

प्रतिकृया दिनुहोस्