News Portal

चारआली जंगलमा पोखरेल मृत फेला

रातोपोस्ट संवाददाता
२५५ पटक

झापा, ९ असाेज । झापाको मेचीनगर नगरपालिका–१२ स्थित कालिझोडा नजिकैको चारआली जंगलमा एक जना मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ४ निवासी ५४ वर्षीय देवीप्रसाद पोखरेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

मृतक पोखरेल नेकपा (एमाले)का जिल्ला सल्लाहकार हुन् । उनी नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुशीला सङ्ग्रौलाका श्रीमान् हुन् ।

प्रहरीका अनुसार जंगलमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो । मृतले बोकेको कालो रङ्गको ब्याग छेउमै छ । ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले हत्या नभई उनले आत्महत्या गरेको देखिन्छ,’ डीएसपी पाठकले भने, शरीरमा कुनै चोटपटक छैन, शव नजिकै विषको बट्टा भेटिएको छ ।’

शवबाट विषको गन्ध पनि आइरहेको उनले बताए । यता प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको र पोस्टमार्टमपछि परिवारजनले शव जिम्मा लिइसकेको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा खुल्ने उनले बताए । उनी इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किएको परिवारजन बताउँछन् । उनको आइतबार अपराह्न ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्