News Portal

  • व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने

    रातोपोस्ट संवाददाता
    ७१ पटक

    काठमाडौं, ९ असाेज । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

    यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

    ‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार रार्य (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)