News Portal

प्रेस क्लब मेचीनगरद्वारा शुभकामना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
२९३ पटक

झापा, १० असाेज । प्रेस क्लब मेचीनगरले बडा दशैं २०७९ को अवसरमा सोमबार शुभकामना तथा प्रशिक्षण सम्पन्न गरेको छ ।

प्रेस क्लब मेचीनगरको कार्यालय काँकरभिट्टामा सम्पन्न समारोहको उद्घाटन मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्ने पत्रकारहरुले कोरोनाको मारमा परेको पत्रकारिता क्षेत्रलाई नगरपालिकाले दिँदै आएको सुविधासमेत कटौती गरेर पत्रकारिता पेसालाई असहज परिस्थिति सृजना गरेको बताएका थिए ।

कार्यक्रममा नेपालको पत्रकारिता विगत र वर्तमान विषयमा प्रशिक्षणसमेत दिइएको थियो । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणी दाहालले सहभागी पत्रकारलाई पत्रकारिताको इतिहास तथा वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थियो ।

क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेल, इलाका प्रहरीका कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतो, अग्रज पत्रकार जीएन शर्मा, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेललगायतले बोलेका थिए । क्लबका उपाध्यक्ष जीआर धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

प्रतिकृया दिनुहोस्