News Portal

झापामा खुकुरी प्रहार गरी आमा र काकाको हत्या

रातोपोस्ट संवाददाता
२७६ पटक

झापा, १६ असाेज । झापाको कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति साढे १० बजे कमल- २ सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् ।

माझीले सुतिरहेका ५० वर्षीय काका सन्तबहादुर माझीमाथि पहिला हतियार प्रहार गरेका थिए । प्रहरीका अनुसार त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेका थिए । हतियार प्रहार गरी भाग्दै गर्दा चन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्