News Portal

  • झापामा सर्पले डस्दा एक बालिकाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ९५ पटक

    झापा, २० असाेज । झापाको गौरादहमा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा गोमन सर्पले डस्दा मृत्यु भएको हो । भुईँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको थियो ।

    नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी श्रुतिलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)