News Portal

बालुवाटारलाई चौतर्फी दबाब : उपेन्द्र टाढिँदै, शेखर चिढिँदै

रातोपोस्ट संवाददाता
२३३ पटक

काठमाडाैं,२० असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका कारण नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा चौतर्फी दबाब परेको छ ।लामो समयदेखि प्रयास गर्दा पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । बिहीवार समेत बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ तर उम्मेदवारी दर्ता गर्ने दिन असोज २३ गते नजिकिँदै गर्दा पनि गठबन्धन अनिर्णित छ ।

सभापति देउवा नेतृत्वको पार्टी कांग्रेसभित्र शेखर कोइराला नेतृत्वको असन्तुष्ट समूहले पार्टीले गठबन्धनमा बढी सिट राख्नुपर्ने, फरक समूहका नेताहरूलाई विभेद गर्न नहुने भनेर दबाब दिइरहेको छ । देउवामाथि दबाब बढाउन कोइराला समूहका छुट्टै भेला, बैठक बस्दै आएका छन् । देउवाले समानुपातिकको बन्दसूचीमा नाम राख्दा अन्याय गरेको भन्दै कोइराला पक्ष चिढिएको छ भने प्रत्यक्ष तर्फको टिकट वितरणको निर्णयको पर्खाइ समेत गरिरहेको छ ।

अर्काेतिर गठबन्धनमा चाहेजति सिट नपाइने देखेपछि गठबन्धनकै घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग नजिकिन थालेका छन् । यादवले बिहीवार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

प्रतिकृया दिनुहोस्