News Portal

प्रदेशमा उम्मेद्वार नबन्ने रविन कोइरालाको घोषणा

रातोपोस्ट संवाददाता
२२८ पटक

झापा, २१ असाेज । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । एमालेमा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ ।

तर स्थायी कमिटी सदस्य अग्नि खरेल र देवराज घिमिरे दुबैलाई टिकट दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोइरालालाई प्रदेशमा चुनाव लड्न प्रस्ताव गरेका थिए ।

देवराज २ र अग्नि १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनेछन् । कोइरालालाई झापा १ को कुनै एक क्षेत्रबाट उम्मेदवार बन्न भनिएको छ ।

पूर्व सांसद समेत रहेका कोइरालाले भने आफूले प्रतिनिधिसभा सदस्यका लागि तयारी गरिरहेकाले प्रदेशमा नउठ्ने जवाफ फर्काएका छन् । कोइरालाले भने, ‘मैले आधिकारिक ठाउँमा प्रदेशमा उठ्दिन भनिसकेको छु ।’

नेतृत्वले भने प्रदेशमा एमाले सरकारमा हुने परिस्थिति बने महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन दिएको एमाले झापाका एक नेता बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)